logo
  • २०८३ बैशाख ३ बिहीबार | Thu, 16 Apr 2026
  • संविधान संशोधनको बहसपत्र तयार गर्न कार्यदल गठन

    संविधान संशोधनको बहसपत्र तयार गर्न कार्यदल गठन

    काठमाडौं : सरकारले यही चैत १९ गते बिहीबार दिउँसो २ बजे सङ्घीय संसद्को अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

    सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले संसद् बैठक आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरिएको जानकारी दिए।

    बैठकले संविधान संशोधन बहसपत्र तयार गर्नका लागि प्रधानमन्त्री बालेन शाहका राजनीतिक सल्लाहकारको अध्यक्षतामा कार्यदल गठन गर्ने निर्णय गरेको मन्त्री पोखरेलले जानकारी दिए।

    “संविधान संशोधन बहसपत्र तयार गर्न प्रधानमन्त्रीका राजनीतिक सल्लाहकारको अध्यक्षतामा संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलको प्रतिनिधित्वसहित कार्यदल गठन गर्ने निर्णय भएको छ। राष्ट्रिय सहमतिमा संशोधन बहसपत्र तयार हुन्छ,” उनले भने।

    + posts



    पटकानी    
  • २०८२ चैत्र १६ गते, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP