logo
  • २०८३ बैशाख ३ बिहीबार | Thu, 16 Apr 2026
  • धादिङको चरौदीमा बस दुर्घटना : दुई विदेशीसहित १७ जनाको मृत्यु, २६ घाइते

    • पटकानी
    • २०८२ फाल्गुन ११ गते, सोमबार
    धादिङको चरौदीमा बस दुर्घटना : दुई विदेशीसहित १७ जनाको मृत्यु, २६ घाइते

    धादिङ : पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका-७ चरौदी नजिकै यात्रुवाहक बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ।

    पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको ग २ ख १४२१ नम्बरको बस सडकबाट त्रिशूली नदी किनारमा खसेको थियो।

    दुर्घटनास्थलमै ११ जना पुरुष र ६ जना महिला गरी १७ जनाको मृत्यु भएको पुष्टि भएको छ। मृतकहरूमध्ये एक महिला र एक पुरुष गरी दुई जना विदेशी नागरिक समेत रहेका छन्।

    बसमा करिब ४४ जना यात्रु सवार रहेको बताइएको छ। दुर्घटनामा परी घाइते भएका २६ जनाको तत्काल उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ। घाइतेमध्ये केहीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने अधिकांशलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ।

    दुर्घटना लगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय बासिन्दाको संयुक्त प्रयासमा उद्धार कार्य गरिएको थियो। हाल घटनास्थलबाट सबै घाइतेहरूको उद्धार कार्य सकिएको सुरक्षा निकायले जनाएको छ।

    + posts



    पटकानी    
  • २०८२ फाल्गुन ११ गते, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP