logo
  • २०८३ बैशाख ३ बिहीबार | Thu, 16 Apr 2026
  • प्रहरी नियन्त्रणमा रहेका ओलीको शिक्षण अस्पतालमा स्वास्थ्य जाँच

    प्रहरी नियन्त्रणमा रहेका ओलीको शिक्षण अस्पतालमा स्वास्थ्य जाँच

    काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य परीक्षण गर्न प्रहरीले उनलाई त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पताल महाराजगञ्ज लगेको छ।

    अस्पतालको आकस्मिक कक्षमा अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण भइरहेको अस्पतालका प्रवक्ता डा गोपाल सेढाईंले बताए। “प्रहरीले अध्यक्ष ओलीलाई स्वास्थ्य परीक्षण गर्न भनेर अस्पताल ल्याएको छ,” उनले भने, “अहिले उहाँको रगत, एक्सरेलगायतका स्वास्थ्य परीक्षण भइरहेको छ। परीक्षणको रिपोर्ट आएपछि के गर्ने भन्ने थाहा हुन्छ।”

    एमाले अध्यक्ष ओलीलाई शनिबार बिहान भक्तपुरस्थित गुण्डुबाट पक्राउ गरेर भद्रकालीस्थित जिल्ला प्रहरी परिसर कार्यालयमा एकछिन राखेर स्वास्थ्य परीक्षण गर्न त्रिवि शिक्षण अस्पताल लगिएको प्रहरीले जनाएको छ।

    जेनजी आन्दोनलको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वको आयोगले दिएको सिफारिस कार्यान्वयनका सिलसिलामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

    + posts



    पटकानी    
  • २०८२ चैत्र १४ गते, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP