logo
  • २०८३ बैशाख ३ बिहीबार | Thu, 16 Apr 2026
  • बिराजको ‘राम नाम सत्य’: बदलाको रौद्र रूप, गुन्जियो शक्तिशाली संवाद

    • पटकानी
    • २०८२ फाल्गुन २८ गते, बिहीबार
    बिराजको ‘राम नाम सत्य’: बदलाको रौद्र रूप, गुन्जियो शक्तिशाली संवाद

    काठमाडौं : नयाँ वर्षको अवसर पारेर चैत २७ गतेदेखि प्रदर्शनमा आउन लागेको एक्सनप्रधान नेपाली चलचित्र ‘राम नाम सत्य’को टिजर सार्वजनिक भएको छ।

    दुई मिनेट लामो टिजरमा मुख्य अभिनेता बिराज भट्टको एक्सन अवतारलाई प्राथमिकताका साथ प्रस्तुत गरिएको छ। दक्षिण भारतीय चलचित्रको शैलीमा खिचिएका द्वन्द्व दृश्यहरू समावेश टिजरले चलचित्रको कथा बदलाको विषयवस्तुमा आधारित रहेको संकेत गर्छ।

    टिजरमा अभिनेता भट्टले सुदूरपश्चिमेली लवजमा बोलेको र ‘मृत्युलाई सारथि ठान्ने म, पहिलो पटक डराएँ, जब आँखै अगाडि आफ्ना मान्छेहरू गुमाएँ’ भन्ने संवाद राखिएको छ। जसले आफन्त गुमाएपछिको प्रतिशोधको कथालाई प्रस्ट्याएको छ।

    माइकल चन्दले निर्देशन गरेको चलचित्रमा बिराज भट्टसहित सुशील श्रेष्ठ, दिव्या रायमाझी, सुपुष्पा भट्ट, आयुष सिंह ठकुरी, प्रशान्त ताम्राकार र दिवंगत सुनिल थापालगायतका कलाकारको अभिनय छ।

    + posts



    पटकानी    
  • २०८२ फाल्गुन २८ गते, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP